बिहीबारदेखि हिमालय टीभीमा सुरु हुँदैछ हास्य टेलिसृंखला सक्किगोनि !

काठमाडौं । बहुप्रतिक्षित हाँस्य श्रृङ्खला ‘सक्किगोनि’ को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ ।

प्रत्येक बिहीबार राति ८ बजे हिमालय टीभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको ‘डाबर रेड पेष्ट प्रेजेन्ट्स सक्किगोनि’ को मार्केटिङ्ग राइट्स होल्डर एडप्याड प्रालि र डाबर नेपालबीच बुधबार उक्त सम्झौता भएको हो ।

सम्झौता सक्किगोनिको टाइटल स्पोन्सरका रुपमा डाबर रेड पेष्ट एक वर्षका लागि अनुबन्ध भएको छ ।

सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवर्द्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन् ।

‘सक्किगोनि जस्तो चर्चित टेलिभिजन कार्यक्रमसँग जोडिन पाउँदा हामी हर्षित छौं,’ डाबर नेपालका हेड अफ मार्केटिङ अभय गोर्खालीले भने, ‘नेपाली कलाकारिता क्षेत्रसँग जोडिएर यसको प्रवर्द्धनमा टेवा पुर्‍याउन पाउँदा हामीलाई गर्व लागेको छ ।’

सक्किगोनिका मार्केटिङ पार्टनर एड प्याड प्रालिका अध्यक्ष सुदीप थापाले नेपालको सर्वाधिक विक्रि हुने डाबर रेड पेष्टलाई सक्किगोनिको हिस्सा बनाउन पाउँदा उत्साहित भएको बताए ।

डाबर रेड पेष्टको यो लगानीले सक्किगोनिको उत्पादन गुणस्तर र लोकप्रीयता थप उचाइमा पुर्‍याउने निश्चित गरेको थापाले बताए ।

यही बिहीबार ८ बजेदेखि हिमालय टेलिभिजन एचडीमा प्रसारण आरम्भ हुन लागेको सक्किगोनि नेपालको नम्बर एक हाँस्य श्रृङ्खला हो । कार्यक्रमको पावर बाई प्रायोजकमा सगरमाथा सिमेन्ट र दिब्या तेल अनुबन्ध भएका छन् भने एसोसियट प्रायोजकमा जोय पपया र नोकिया मोबाइल रहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…