‘सिद्धबाबा’को मुद्दामा पुनरावेदनको तयारी

सुनसरी, मङ्सिर २५ ।आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदन गर्ने भएको छ।

सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न माग गर्दै निवेदन दिए पनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेपछि पुनरावेदन गर्ने तयारी गरेका छन्।

जिल्ला न्यायाधीश अर्जुनकुमार कोइरालाको इजलासले बलात्कारजस्तो जघन्य अपराधका आरोपित, त्यसमाथि सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको १० दिनमै सफाइ दिएको थियो। जिल्ला अदालतले अभियोग दाबी पुष्टि हुने प्रमाण नपुगेकाले गर्दा सफाइ दिएको ठहर गरेको छ।

अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुल निरौलाले फैसलाको पूर्ण पाठ आएपछि अध्ययन गरेर पुनरावेदन गर्ने बताए। ‘फैसलाको पूर्ण पाठ आउन अब केही दिन लाग्ला,’ उनले भने, ‘त्यसपछि पुनरावेदन गरिनेछ।’

अदालतको तल्लो निकायबाट भएको फैसला चित्त नबुझे माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार हुन्छ। फैसलाको पूर्ण पाठ बढीमा १५ दिनभित्र आइसक्ने अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए। उनले सरकारी वकिल कार्यालयबाट पेसी सार्न निवेदन आए पनि बेन्चले नमानेपछि सार्न नसकिएको बताए।

‘निवेदन आएको कुरा श्रीमान्लाई देखाइदिएकै हौं,’ उनले भने, ‘श्रीमान्ले मुद्दा टुंग्याउनुपर्छ, हामीले भन्ने कुरा केही रहेन।’ सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि महान्यायाधिवक्ता कार्यालयमा पठाएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा फिर्ता नभएपछि पेसी सार्न माग गरिएको थियो।

जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको छ। महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका हुन्। पीडित महिलाले पनि प्रधानन्यायाधीशको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी छन्।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…