आजदेखि खुल्दै चिडियाखाना, यस्ता छन् नियम

काठमाडौं, मङ्सिर २५ ।कोरोना संक्रमण त्रासको कारण गएको ७ चैतदेखि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आज (बिहीबार)देखि खुल्ने भएको छ।

संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि चिडियाखाना खोल्न लागिएको हो। स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिए।

चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

चिडियाखाना अवलोकन गर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने पोख्रेलको भनाई छ। एकपटकमा बढीमा ८ सय जनासम्मलाई प्रवेश दिइने र बढीमा डेढ घण्टासम्म मात्र भित्र रहन पाइने नियम बनाइएको छ।

चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन। अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला गरिने पोखरेलले बताए।

भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ। चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…