गायक भन्डारीलाई बधाई दिन पुगे चर्चित मोडल गायक दिपेन्द्र सोनाम

काठमाडौं, मङ्सिर २४ ।संगीतकर्मी चिरिञ्जिवी भण्डारी वैवाहिक जीवनमा बाँधिएका छन् । गायक तथा संगीतकारको रुपमा दर्शक तथा स्रोतामाझ स्थापित भैसकेका भण्डारीले मंसिर २१ गते आईतबारको लगनमा धादिङकी २२ वर्षीया प्रमिला श्रेष्ठसंग अन्तर्जातिय विवाह गरेका हुन् । श्रेष्ठ बिएसडब्ल्यू दोस्रो वर्षमा अध्ययनरत छिन् । उनीहरुले कलंकी, स्यूचाटारस्थित पाटिचौरमा रहेको यज्ञश्वर मन्दिरमा विवाह गरेका हुन् । भण्डारी र श्रेष्ठ पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । काठमाडौंको सोह्रखुट्टेमा आयोजित एउटा सांगीतिक समारोहमा दुई वर्षअघि दुबैको पहिलो भेट भएको थियो ।

वैवाहिक समारोहमा भण्डारी तथा श्रेष्ठका परिवारका सदस्य तथा केही नजिकका आफन्तहरु सहभागि थिए । नवविवाहित जोडीलाई आशीर्वाद दिन समाजसेवी तथा गीतकार ईन्दिरा बोगटी तथा गायक तथा मोडल दीपेन्द्र सुनाम पनि उपस्थित भएका थिए । गायक चिरञ्जिवी भण्डारी पछिल्लो समय बिस्तारै बिस्तारै तिमी मेरी हुनु, बदमास, तिमी छौ र त, तिम्रो मायाले, चट्टै मुटु काटेर आदि गीतहरु लोकप्रिय छन् भने उनको संगीतमा केही समयअघि सार्वजनिक भएको ‘चोखो माया’ गीतले पनि चर्चा पाएको छ । यसबाहेक संगीतकर्मी भण्डारी हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् । टिकटकमा समेत उनका गीतहरु लोकप्रिय छन् । संगीतकर्मी भण्डारीलाई वैवाहिक जीवनको सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…