अरेबियन र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव, ३ दिन मौसम यस्ताे रहने अनुमान

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २४ ।दक्षिणपूर्वी अरेबियन सागर र इन्डियन सागरमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार यतिबेला प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्र र प्रदेश नम्बर २ मा आंशिक बदली छ भने बाँकी स्थानमा मौसम सामान्यतय सफा छ।

यस्तो छ आगामी ३ दिनको मौसम अनुमान

aawash steels

मंसिर२४गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

super kinetic courier

राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका  पहाडी भू-भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर२५गते (बिहीबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर २ मा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिरगते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का/फाटफुट वर्षाको सम्भावनासमेत छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…