त्यतिबेला युवराज दीपेन्द्रकी ‘राजकुमारी’ बन्न नपाएकी युवतीले रोजिन् जर्नेल, केही दिनमै हुँदैछ विवाह

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २४ ।‘राजकुमारी’ बन्न नसकेकी एउटी दुःखी चेली ढिलोगरी वैवाहिक जीवनमा प्रवेश गर्दैछिन्।

प्रचार गरिएको छ–०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुनुमा एकजना युवती अप्रत्यक्ष कारक थिइन्।

तिनीसँग दीपेन्द्रको विवाह गराउनेमा रानी ऐश्वर्य र मुमा बडामहारानी रत्नको जोड थियो। दीपेन्द्रको मनचाहीँ मोहनशमशेरकी पनातिनी अर्थात् राप्रपा नेता पशुपतिशमशेरकी छोरी देवयानीतिर गयो।

aawash steels

दीपेन्द्रकी आमा रानी ऐश्वर्यको माइती जुद्धशमशेर खलक, तर छोराको मनचाहीँ जुद्ध खलकसँग पारिवारिक टकराव रहेको चन्द्रको सन्तानमा बसेको। यसैलाई दरबारभित्र सम्साँझै गोली चल्नुको कारण मानिन्छ। त्यसमा वीरेन्द्रको पूरै वंशसहित केही भारदार मारिएका थिए।

उक्त घटनालाई लिएर चर्चामा आउने गरेकी पात्र हुन्, सुप्रिया शाह। मुमाबडामहारानी रत्नका अंगरक्षक प्रदीपविक्रम शाहकी छोरी। जसले जीवनको झण्डै आधा उमेर एक्लै विताएर यही मंसिरमा सिउँदो रंगाउँदै छिन्।

super kinetic courier

सुप्रियाले दरबार हत्याकाण्डको झण्डै २० वर्षपछि एक जर्नेलसँग दाम्पत्य कायम गर्दैछिन्। सुप्रियाका नवपति हुन्–दुईतारे जर्नेल विनयविक्रम राणा।

दरबार हत्याकाण्डको थोरै अघिसम्म राजा वीरेन्द्रको अंगरक्षक रहेका जर्नेल शान्तकुमार मल्लकी छोरीसँग वैवाहिक सम्बन्ध टुटेपछि विनयविक्रमले सुप्रियालाई पत्नीको रुपमा रोजेका हुन्।

यो विवाहको अवसरमा लाजिम्पाटस्थित होटल शंकरमा आजदेखि तीन दिनसम्म भव्य भोज चल्दै छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…