श्रीमानको मृत्युको पीडा सहननसकेर साइप्रस पुगेका श्रीमतीले गरिन् आत्महत्या

दोलखा,२३ मङ्सिर ।श्रीमानको बोलेरो दुघर्टनामा मृत्यु भएको पीडासहन नसकेर साइप्रस पुगेकी दोलखाका एकयुवतीले आत्महत्या गरेकी छिन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नंबर-८ खारेका मृतक सुविन तमाङको श्रीमति २३ वर्षिय शुक्रि तमाङले गए राति साइप्रसमा आत्महत्या गरेकी हुन् ।
श्रीमानको बोलेरो दुर्घटनामा परी मृत्यु भएको खबर पाए लगत्तै विछिप्त भएकी उनले गए राति नै आत्महत्या गरेको स्थानीय लक्ष्मण बुढाथोकीले जानकारी दिनुभयो।विगु गाउँपालिका वडा नम्बर ४ ताइलाङ माइती भएकी शुक्रि तमाङको श्रीमान सुविन तमाङको हिजो विहान विगु गाउँपालिकाको लाइसेपमा बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो।

आफ्ना श्रीमानको बोलेरो दुर्घटनामा परी मृत्यु भएपछि हिजो साँझ उनले आफ्ना ससुरा बुबासँग फोनमा कुरा गरेकी थिइन् ।

श्रीमानको दुर्घटनामा परी मृत्यु भएपछि सामाजिक सञ्जालबाट दुर्घटनाको तस्विर संकलन गरेकी उनले ससुराबुबाको आवाज र मृतक श्रीमानको तस्विर राखेर टिकटक समेत बनाएको पाइएको स्थानीयले बताएका छन् । मृतक युवति वैवाहिक सम्बन्धमा बाँधिएको दुईवर्ष पुरा भएपनि घरेलु कामदारका रुपमा साइप्रसमा पुगेको भने एकवर्ष पनि भएको थिएन।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…