सास्ती झेल्दै सीमा सुरक्षा

siddhartha wheel mart

पाँचथर, मङ्सिर २३ । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ।

तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ।

याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्।

‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ।

aawash steels

सुरक्षाकर्मीका लागि खान, बस्न र सञ्चारको असुविधा छ। बीओपी बसेका कच्चा भवनमा भित्रसम्म शीत पर्ने र ओछ्यानसमेत भिज्ने गरेको सुरक्षाकर्मी बताउँछन्।

‘चिसो ठाउँमा टिनको छानोभित्र शीत पर्दो रहेछ’, चिवाभञ्ज्याङ बीओपीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘न्यानो भन्ने कतै छैन, हिउँले बीओपी भवन छोप्न थालेको छ।’ उच्च पहाडमा खटिएका सुरक्षाकर्मीलाई बास, सञ्चार, इन्धन, खाद्यान्न, यातायातजस्ता आधारभूत आवश्यकताको व्यवस्थासमेत छैन।

super kinetic courier

उनीहरूका लागि अतिरिक्त सुविधासमेत उपलब्ध छैन। चिसोका कारण सशस्त्र प्रहरीको आन्तरिक सञ्चार सेट पनि सञ्चालन हुन नसकेको बताइएको छ। बीओपी स्थापना गरेको ठाउँसम्म सडकको भरपर्दो सुविधा पुगेको छैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…