दोस्रोपटक बिहे गरेपछि नायिका श्वेताले भनिन्: एकल महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो

काठमाडौं, मङ्सिर २३ ।नायिका श्वेता खड्काले एकल महिलाको सशक्तीकरणमा केही गर्ने सोच रहेको बताएकी छन्।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ। त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

जिन्दगीकाे अर्काे एउटा यात्रामा पाइला चालेकाे उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेकाे बताएकी छन्।

‘मैले नेपाली सिने जगतलाई मेरो शिरकाे सिन्दुरजस्तै अझै उच्च स्थानमा पुर्‍याउनुछ। निर्माणाधीन  माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ,’ उनले भनेकी छिन्, ‘मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनुछ। मैले अझै धेरै काम गर्न बाँकी छ।’

पहिलाका पति नायक श्रीकृष्ण श्रेष्ठकाेे निधन भएकाे ६ वर्षपछि नायिका खड्काले एक्लै जीवन कटाउन कठिन हुने निष्कर्षका साथ साेमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन्।

विवाहपछि उनले लेखेकाे स्टाटस यस्ताे छ-

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…