
काठमाडौं, मङ्सिर २३ ।आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।
आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्।
किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’
उनका अनुसार आज दूध-सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने रोकिने छैन।
यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्। सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए।