
काठमाडौं, मङ्सिर २२ ।लोक सेवा आयोगको वेवसाइट ह्याक गर्ने तीन जना पक्राउ परेका छन्।
साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गर्ने ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरिएको जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।