भारतमा रहस्यमयी रोगका कारण बिरामी हुनेको संख्या पुग्यो चार सय, एकको मृत्यु

काठमाडौं, मङ्सिर २२ ।कोरोना प्रकोपबीच विश्व आक्रान्त बनिरहेको समयमा भारतमा रहस्यमयी रोग देखा परेको छ।

उक्त रहस्यमयी रोगका कारण भारतको आन्ध्र प्रदेश राज्यमा हालसम्म चारसय जना बिरामी परेको बीबीसीहिन्दीले जनाएको छ।यस रोगका कारण एकजनाको भने मृत्यु भइसकेको बताइएको छ।

भारत हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने विश्वकै दोस्रो राष्ट्र हो। यहाँ ९६ लाख ७७ हजारमा कोरोना पुष्टि भइसकेको छ।

त्यस्तै कोरोनाले भारतमा १ लाख ४० हजारको ज्यान लिइसकेको छ।कोरोना कहरबीच भारतमा नयाँ रहस्यमयी रोग देखा परेपछि मानिसहरु अझ त्रसित भएका छन्।

भारतीय अधिकारीहरुका अनुसार यस रहस्यमयी रोगका कारण मानिसहरुमा पेट दुख्ने, वान्ता हुने, चक्कर लाग्ने र अचेत हुने लक्षण देखिएका छन्।

आन्ध्र प्रदेशस्थित पश्चिम गोदाभरी जिल्लाको इलुरु भन्ने शहरमा पहिलोपटक यस रोग देखिएको थियो। एक हप्तामै यहाँ चारसय जना बिरामी परिसकेको जनाइएको छ।

हाल स्वस्थ्य अधिकारीहरुले यो रोगको बारेमा पत्ता लगाउन अनुसन्धान सुरुवात गरेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…