
काठमाडौ, मङ्सिर २२ ।अभिनेत्री श्वेता खड्काले आज बिबाह गर्दैछिन् । प्रेमी विजयन्द्र सिंह रावतसँग श्वेताले लगनगाँठो कस्न लागेकी हुन् ।
गोकर्ण रिसोर्टमा भइरहेको बिबाहमा दुई परिवारका निकट व्यक्तिहरुलाई मात्र प्रवेश दिइएको छ । उनीहरुको बिबाहमा मिडियालाई भने प्रवेश रोक लगाइएको छ ।
श्वेताको बिबाहको तस्बिरहरू भने सार्वजनिक भइरहेका छन् । यस्तैमा, उनीहरुको स्वयम्बरको तस्बिर बाहिरिएको छ ।
रातो पहिरनमा सजिएकी श्वेतालाई निकै सुन्दरी देखिन्छ । विजयन्द्र भने सेतो दौरा-सुरुवालमा सजिएका छन् । उनीहरुको जोडी निकै सुहाएको देख्न सकिन्छ ।
तस्विरमा हेरौँ श्वेताको बेहुली भेष: