वैवाहिक जिवनमा बाधिए रमेश र नन्दा !हार्दिक बधाई

धरान, मंसिर २२ ।चर्चित वक्ता तथा गायक रमेश प्रसाईले मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्र्याउँदै छन् ।आज उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भइरहेको छ ।आज विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए ।बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्र्याउँदै छन्।

धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा छ भन्ने धेरैलाई थाहा पनि छैन ।काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।उनी भने धरानमै बस्दथे । धरानमा विहे हुने भएपछि धेरैले वरियात धरानबाटै आउलान् र बेहुलीसमेत धरानमै भित्र्याउने होला भन्ठानेका थिए ।
तर उनले आफ्नै घरबाट जन्ती लैजाने र बेहुली भित्राउने इच्छा गरेका थिए ।जन्ती थोरै संख्यामा गएका छन् । विहेको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ ।जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो ।
निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो ।अपरान्ह सवा १ बजे जन्ती टोली विहेस्थलमा पुगेको जानकारी प्राप्त भएको छ । धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ ।वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेका थिए ।
प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…