अहिलेसम्म अपराजित बक्सर मेवेदरले युट्युबर लोगन पलसँग भिड्दै

लोगन

काठमाडौं, मंसिर २२ ।चर्चित युट्युबर लोगन पलले अहिलेसम्म अपराजित अमेरिकी बक्सर फ्लोयड मेवेदरलाई बक्सिङमा प्रतिस्पर्धा गर्न चुनौती दिएपछि मेवेदर त्यसका लागि तयार भएका छन्।

मेवेदरले आफूले आगामी फेब्रुअरी महिनामा लोगन पलसँग रिङमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।४३ वर्षका मेवेदर बक्सिङका एक महान खेलाडी मानिन्छन्। उनले आफ्नो जीवनको ५० खेलमा सबैमा जित निकालेका थिए।

उनी पाँच तौल समूहका विश्व बक्सिङ च्याम्पियन हुन्। सन् २०१७ मा मे वेदरले चर्चित एमएमए स्टार कनर म्याकग्रेगरलाई पराजित गरेका थिए।

उक्त खेल उनको खेल जीवनकै सबैभन्दा बढी मूल्यको खेल थियो। उता २५ वर्षका युट्युबर पल लोगनले भने अहिलेसम्म एउटा मात्र व्यवसायिक बक्सिङ खेलमा प्रतिस्पर्धा गरेका छन्।

तर सन् २०१७ मा अर्का युट्युबर केएसआईसँग भएको पहिलो खेलमै लोगन पराजित भएका थिए।

लोगनको युट्युबमा २२ मिलियन सब्सक्राइबर छन्। लोगन पलले मे वेदरलाई धेरैपटक च्यालेन्ज गरेपछि मे वेदर यस खेलका लागि तयार भएका हुन्।खेल फेब्रुअरी २० तारिखमा हुने बताइएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…