अफगानिस्तानमा सेनाको कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तान

काठमाडौं, मंसिर २२ ।अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन्।

उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो।उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिबानी लडाकू मारिएका बताइएको छ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएको आइतबार जानकारी गराएको छ। कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ। कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ।यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुृनै हताहत नभएको र यस क्षेत्रमा तालिबानविरुद्धको कारबाही भने जारी रहेको बताइएको छ।

कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन्।सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारबाही गरेको हो। उक्त जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैनन्। रासस/एएनआई

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…