नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने ईयूको संकेत

हवाइ

काठमाडौं, मंसिर २२ । युरोपेली संघ (ईयू)ले नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै ईयूले नेपालको हवाइ सुरक्षामा सुधार भएकोमा प्रशंसा गरेको छ।

ईयूले नेपालको हवाइ सुरक्षामा प्रश्न उठाउँदै ७ वर्षअघि युरोपेली आकाशमा नेपाली जहाजमा लगाएको प्रतिबन्ध लगाएको छ।विज्ञप्तिमा ईयूले हवाइ सुरक्षामा देखिएका चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गर्दै नयाँ हवाइ उड्डयन विधेयक संसदमा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार भएको उल्लेख गरेको छ।

ईयूले नेपालको सुधार प्रक्रियाले कालोसूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने उल्लेख गरेको छ।विज्ञप्तिमा सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने उल्लेख छ।उसका अनुसार पहिलो चरणमा ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लोपटक भएका विषयमा सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो खुला गरेको छ।

दोस्रो चरणमा हवाइ सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपाल भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा ईयूको हवाइ सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ।

तेस्रो चरण सुरक्षा सूचीबाट बाहिरिएपछि ईयूको हवाइ सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

युरोपेली संघ (ईयू)ले नेपालको हवाइ उडानलाई कालोसूचीबाट हटाउने संकेत गरेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै ईयूले नेपालको हवाइ सुरक्षामा सुधार भएकोमा प्रशंसा गरेको छ।ईयूले नेपालको हवाइ सुरक्षामा प्रश्न उठाउँदै ७ वर्षअघि युरोपेली आकाशमा नेपाली जहाजमा लगाएको प्रतिबन्ध लगाएको छ।

विज्ञप्तिमा ईयूले हवाइ सुरक्षामा देखिएका चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गर्दै नयाँ हवाइ उड्डयन विधेयक संसदमा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार भएको उल्लेख गरेको छ।

ईयूले नेपालको सुधार प्रक्रियाले कालोसूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने उल्लेख गरेको छ।विज्ञप्तिमा सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने उल्लेख छ।उसका अनुसार पहिलो चरणमा ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लोपटक भएका विषयमा सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो खुला गरेको छ।

दोस्रो चरणमा हवाइ सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपाल भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा ईयूको हवाइ सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ।तेस्रो चरण सुरक्षा सूचीबाट बाहिरिएपछि ईयूको हवाइ सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…