अक्सफोर्डले बनाएको कोरोनाविरुद्ध खोप भारतमा आपतकालीन प्रयोग गर्न अनुमति माग, जुन नेपालमा पनि ल्याउन छलफल

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २२ ।भारतको सिरम इन्स्ट्रिच्युट अफ इन्डियाले अक्सफोर्ड तथा एक्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप आफ्नो देशमा आपतकालीन प्रयोग गर्नका लागि अनुमति मागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार खोप उत्पादक कम्पनी सिरमले ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग भारतमा खोप प्रयोगका लागि अनुमति मागेको हो।

महामरीका कारण स्वास्थ्य आवश्यकता पूरा गर्न साधन अपर्याप्त भएको र ठूलो संख्यामा जनसाधारणको जीवनसँग जोडिएको खोपको आपतकालीन प्रयोग आवश्यक भएको उसले आवेदनमा उल्लेख गरेको छ।

aawash steels

एक दिनअघि अमेरिकी औषधी उत्पादन कम्पनी फाइजरले पनि भारतमा यस्तै अनुमति माग्दै निवेदन दिइसकेको छ। फाइजरले बेलायत र बहराइनमा खोप प्रयोगका लागि अनुमति पाइसकेको छ।

भारतको सिरम, विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी हो। जसले एक वर्षमै एक अर्ब डोज खोप उत्पादन गर्न सक्छ। नेपालले पनि सोही कम्पनीबाट खोप ल्याउन छलफल गरिरहेको छ।

super kinetic courier

त्यसैगरी विकासोन्मुख देशलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले विभिन्न संस्थासँग मिलेर गठन गरेको कोभ्याक्ससँग पनि नेपालले सम्झौता गरिसकेको छ।

खोपका लागि नेपालसहित ९२ देशले कोभ्साक्समा आवेदन दिएका छन्। कोभ्याक्सले देशको कूल जनसंख्यामध्ये २० प्रतिशत मानिसका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

सिरमका प्रमुख कार्यकारी अधिकृत अदर पुनेवालाले पनि एक अन्तर्वार्तामा आफ्नो कम्पनीले उत्पादन गरेको खोप उपलब्धतामा नेपाल र बंगलादेशलाई प्राथमिकतामा राखिएको बताएका छन्।

मंसिर ११ गते नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले पनि भारतमा उत्पादन हुने खोप पाउने प्राथमिकतामा नेपाल पर्ने बताएका थिए।

अक्सफोर्डले विकास गरेको खोप इन्डियन काउन्सिल अप मेडिकल रिसर्चको सह प्रायोजनमा भारतका विभिन्न स्थानमा तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको थियो। त्यसैगरी अक्सफोर्ड र एक्ट्राजेनेकाले बेलायत र ब्राजिलमा पनि खोपको क्लिनिकल ट्रायल गरिसकेका छन्।

सो कम्पनीले भारतमा जनवरीदेखि फेब्रुअरीसम्ममा कोरोनाको सबैभन्दा बढी जोखिममा रहेका समुदायलाई खोप उपलब्ध गराउने र मार्चदेखि अप्रिलसम्म खुला बजारमा बिक्री गर्ने गरी काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…

दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता

दैलेख,फाल्गुन २५ । दैलेखकी एक महिला ४ सन्तानसहित कर्णाली नदीमा बेपत्ता भएकी छिन्। आठबिस नगरपालिका-३ की ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा…

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेकपा भंग

काठमाडौं,फाल्गुन २५ । सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी…