अन्तिममा ओली पुगेनन्, चिठी पुग्यो

प्रधानमन्त्री
siddhartha wheel mart

काठमाडौ, मङ्सिर २२ ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पार्टी स्थायी कमिटीको बैठकमा उपस्थित हुन्छन् कि हुन्नन्? राजनीतिक पर्यवेक्षक मात्र होइन, नेकपा स्थायी कमिटीका नेताहरू पनि विभिन्न अनुमान गर्दै थिए।

त्यहीबीच आइतबार बिहान सुरक्षाकर्मीको एक टोलीले धुम्बाराहीस्थित नेकपा मुख्यालयको अनुगमनसमेत गरेको थियो । सुरक्षाकर्मीको रिपोर्टअनुसार बैठक माथिल्लो तलाबाट तल्लो तलामा सारिएको थियो । यसरी ओली सहभागी हुने सम्भावना बढेको वेला बिहान १० बजे भने बालुवाटारबाट शीर्ष नेतृत्वलाई सूचना सञ्चार भयो– प्रधानमन्त्री उपस्थित हुनुहुन्न।

अपराह्न १ बजे सुरु हुने बैठकका लागि स्थायी कमिटी सदस्यहरू पार्टी कार्यालयमा उपस्थित भइसकेका थिए । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित भएपछि स्थायी कमिटी बैठकको प्रक्रिया कसरी अघि बढाउने? सचिवालयका सदस्यहरूको केहीबेर अनौपचारिक बैठक बसेको थियो।

aawash steels

त्यही बैठकमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले ‘सहमतिको कोसिस गरौँ, केही समय पर बैठक सारौँ’ भन्ने प्रस्ताव गरेका छन् ।

खासगरी महासचिव पौडेलले समय भएमा सहमतिका लागि प्रयास गर्न सकिने ओलीको सन्देश पनि सुनाएका थिए । स्रोतका अनुसार पौडेल र पोखरेल दुई सातासम्म बैठक सार्ने पक्षमा थिए ।

super kinetic courier

तर, प्रचण्डले ‘सहमति जुट्छ भने एक साताका लागि बैठक स्थगन गर्ने’ आफ्नो धारणा सुनाएका थिए । त्यही सहमतिअनुसार स्थायी कमिटी बैठक सुरु हुनासाथ २८ मंसिरसम्मका लागि स्थगित भएको थियो।

आइतबार बैठक सुरु हुनासाथ नेता पोखरेलले अध्यक्ष ओलीको पत्र वाचन गरेका थिए । पत्रमा ओलीले प्रचण्डको प्रस्तावउपर औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने आफ्नो पूर्वमान्यता दोहो¥याउँदै सोही कारण उपस्थित हुन नसकेको उल्लेख गरेका छन्।

तर, नेकपाको बैठकले दुवै अध्यक्षको राजनीतिक दस्ताबेजलाई बैठकको कार्यसूची बनाएको छ । बैठकले यसबीचमा भएका पत्राचारहरूलाई समेत छलफलको प्रक्रियामा अघि बढाएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रचण्डले दिए…

काठमाडौं,फाल्गुन १९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको…

सेयरबजारमा ३९.२३ अंकको गिरावट

काठमाडौं,फाल्गुन १९ । सेयरबजारमा ३९.२३ अंकको गिरावट आएको छ। बुधबार नेप्से उक्त अंकले घटेर २४ सय १६ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार क…

देउवा: प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने

काठमाडौं,फाल्गुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उक्त धारणा…

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको…

काठमाडौं,फाल्गुन १९ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच आजै दोस्रो चरणको वार्ता हुने भएको छ। बुधबार विहान भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु

काठमाडौं,फाल्गुन १९ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बिहान साढे ११ बजे सुरु भएको…