जब विवाहकै दिन दुलहीको रिपोर्ट कोरोना पोजिटिभ आयो…

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २२ ।भारतको राजस्थानमा पर्ने बारां जिल्लामा अनौठो तरिकाले विवाह गरिएको छ। कोभिड उपचार केन्द्रमा मण्डप बनाएर विवाह गरिएको हो।

दुलहा–दुलही, उनका परिवार तथा पण्डितले पीपीई किट लगाएर वैवाहिक प्रक्रिया पूरा गरेका हुन्।

वास्तवमा केलवाडा कस्बेस्थित एक घरमा विवाहको तयारी भइरहेको थियो। त्यही दिन बेहुली र उनकी आमाको रिपोर्ट कोरोना पोजिटिभ आएका हुन्।

aawash steels

त्यसपछि केटीको परिवारलाई लाग्यो कि अब विवाहका सारा कार्यक्रम रोक्नुपर्छ। जन्ती कसरी आउने? कसरी विवाह गर्ने? केटी पक्षले स्थानीय अधिकारीलाई यो कुरा बतायो।

त्यसपछि स्थानीय कोभिड उपचार केन्द्रमै मण्डप बनाउने निर्णय भयो। अनि बेहुला, बेहुली, बुबा, आमा, पण्डित सबैले पीपीई किट लगाए। यसपछि वैवाहिक संस्कार पूरा गरियो। तर विवाहमा अन्य आफन्त सहभागी हुन सकेनन्। बरु कोभिड उपचार केन्द्रका डाक्टर र कर्मचारी सहभागी भए।

super kinetic courier

छतरंग निवासी युवती र दान्ताका एक शिक्षकबीच विवाह गर्ने निधाे भएको थियो। केटीको परिवारका केही सदस्यले २ दिनअघि कोरोना परीक्षणका लागि नमुना दिएका थिए। तर विवाहकै दिन केटी र उनकी आमामा कोरोना पुष्टि भएको हो। त्यसपछि सुरक्षित ढंगले विवाह गरिएको जनाएको छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…