अरुणाचललाई तिब्बतको क्षेत्र भएको दाबी गर्ने चीनले त्यस नजिकै बसायो बस्ती

काठमाडौं, मङ्सिर २१ ।चीनले भारतको अरुणाचल प्रदेश नजिकै कम्तिमा तीनवटा गाउँ बसाएको छ।

एनडीटीभीका अनुसार चीन, भारत र भुटानसँगको त्रिदेशीय सीमा नजिकैका क्षेत्रमा चीनले बस्ती बसाएको हो।त्रिदेशीय सीमा बम ला पासदेखि ५ किलोमिटर टाढा मात्र उक्त गाउँहरु बसाइएको छ।

हालै चीनले भुटानको भूमिमा गाउँ बसाएको भन्ने समाचारहरु सार्वजनिक भएको थियो। त्यसबेला भूउपग्रहको तस्बिरहरु सार्वजनिक भएको थियो, त्यहाँ भुटानी क्षेत्रमा चिनियाँ गाउँ रहेको दाबी गरिएको थियो।

यसबीचमा चीनले फेरि भारतीय सीमा नजिक बस्ती बसाएको दाबी गरिएको छ।

अमेरिकी कम्पनी प्लानेट ल्याबको भूउपग्रह तस्बिरहरुमा चीनले अरुणाचल प्रदेश नजिकै बस्ती बसाएको देखिएको छ।

चिनियाँ गतिविधि नजिकैबाट नियालिरहेका डाक्टर ब्रम्हा चेलानी भन्छन्,‘चीनले हान चाइनिज र तिब्बती कम्युनिष्ट पार्टीका सदस्यहरूलाई भारतको सीमामा बसोबास गराउन र सीमामा घुसपैठ बढाउने रणनीति प्रयोग गरिरहेको छ।’

दक्षिण चीन सागरमा माझी र भारतको हिमाली सीमामा चीनले गोठालाहरुको प्रयोग गरेर घुसपैठको प्रयास गरेको पनि उनको भनाइ छ।

चीन र भारतबीच अहिले सीमा गतिरोध जारी छ। गत जुन १५ मा गलवान उपत्यकाको स्वामित्वको विषयमा दुई देशका सेनाबीच झडप नै भएको थियो। त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो।

हालसम्म पनि उक्त सीमा विवादमा सम्झौता हुन सकेको छैन। यसबीचमा चीनले अरुणाचल प्रदेश नजिकै आफ्नो गतिविधि बढाउन थालेको देखिएको हो।

गत सेप्टेम्बर महिनामा मात्र चीनले अरुणाचल प्रदेश भन्ने क्षेत्रलाई चीनले मान्यता नदिएको र त्यो इलाका चीनको दक्षिण तिब्बली क्षेत्र भएको दाबी गरेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…