सिक्किमेली गायिका गीता शर्माको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो बजारमा, गीताको स्वरको चर्चा

काठमाडौँ, मङ्सिर २१ । नेपाली गीत संगीतमा निकै सक्रिय सिक्किमेली गायिका गीता शर्माको नयाँ गीत मेरी सोल्टिनीको भिडियो बजारमा आएसँगै चर्चा चुलिएको छ । गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको ‘मेरी सोल्टिनी’मा गीतलाई नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक किरण भुजेलले स्वरमा साथ दिएका छन् ।

रियालिटी शो भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा सिक्कममा बसेर नेपाली गीत संगीतमा सर्मपित रहँदै आएकी छिन् । गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थल गोदावरीमा छायाङकन गरिएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ । फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ ।

जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् । निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् । यो समाचार तयार पार्दासम्म भिडियोलाई करिब १ लाख ७१ हजार बढी दर्शकले हेरिसकेका छन्

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…