
काठमाडौं, मङ्सिर २१ ।सत्तारुढ दल नेकपाको मंसिर २५ गतेको लागि तय भएको केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने भएको छ।
आइतबारबाट सुरु भएको स्थायी समितिको बैठकमा छलफल गर्नको लागि एक हप्ताको समय दिएपछि केन्द्रीय समितिको बैठकको मिति सारेर पुस ५ गते बस्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।