नेकपा स्थायी समिति बैठकलाई लक्षित गरी धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारियो

नेकपा
siddhartha wheel mart

काठमाडौं, मंसिर २१ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केही बेरमा सुरु हुँदैछ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकलाई लक्षित गरी सो क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। नेकपा कार्यलय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

त्यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै कुकुर समेत परिचालन गरिएको छ।

aawash steels

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

बैठकस्थलमा नेताहरु आउने क्रम जारी छ। अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरु केन्द्रीय कार्यालय पुगिसकेका छन्।

super kinetic courier

यसअघि मंसिर १७ गतेको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट भएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

आजदेखि सुरु हुने स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

दुबै प्रतिवेदनमाथि सचिवालय बैठकले निर्णय गर्न असफल भएपछि शनिबार बसेको सचिवालय बैठकले स्थायी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…