भारतमा विकसित न्यून चापीय प्रणालीको प्रभाव, काठमाडौंसहित केही स्थानमा वर्षाकाे सम्भावना

काठमाडौं, मङ्सिर २१ ।भारतको बिहार र आसपास क्षेत्रमा न्यून चापीय प्रणाली रहेका कारण नेपालको मौसममा पनि प्रभाव परेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशााखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ : प्रदेश नं १ को थोरै स्थान साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।मौसमविद् श्रेष्ठले भने, ‘वर्षा दिउँसोतिर हुने सम्भावना छ।’

यस्तै राति पनि प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- प्रदेश नं १ का थोरै स्थान  साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षासहित देशका उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना हुनाका साथै देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनाका साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…