
डोटी, मङ्सिर २१ ।गएराति डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।
सदरमुकाम दिपायलबाट डोटीको बोगतान फुदसिल तर्फ जाँदै गरेको म १ स ५५० नम्बरको जीप गए राति १ बजे बोगतान फुदसिल- ७ मा दुर्घटना भएको डोटीका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले जानकारी दिए।
‘दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, पाँच जना घाइते भएका छन्,’ एसपी पाण्डेले आइतबार बिहान नेपालखबरसँग भने, ‘घाइतेलाई उपचारको लागि दिपायल ल्याइँदै छ।’
दुर्घटनामा बोगतान फुदसिल- ७ की वडा सचिव मञ्जु त्रिपाठी, केआइसिंह गाउँपालिका- ४ का हरिनारायण भट्टको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन नसकेको एसपी पाण्डेले जानकारी दिए।