पाँच हजार अमेरिकी डलरको अत्ता उर रहमान अवार्ड नेपालका वैज्ञानिक डा. गिरीलाई

काठमाडौं, मङ्सिर २० ।द वर्ल्ड एकेडेमी अफ साइन्सेस (ट्वास) ले यो वर्षको अत्ता उर रहमान अवार्ड काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (किआस) का वैज्ञानिक डा. वसन्त गिरीलाई प्रदान गरेको छ।

ट्वासले हरेक वर्ष विकासोन्मुख मुलुकमा बसेर अनुसन्धान गर्ने युवा वैज्ञानिकलाई अत्ता उर रहमान अवार्ड दिने गरेको छ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा पछि परेका ६६ वटा विकासोन्मुख देशमा बसेर अनुसन्धान गर्ने ४० वर्षभन्दा कम उमेरका रसायनशास्त्रीलाई यो अवार्ड प्रदान गरिन्छ।

अवार्ड प्राप्त गर्ने वैज्ञानिकले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्छन्।

जैविक, रसायन, वातावरणीय तथा क्लिनिकल कार्यको विश्लेषणमा प्रयोग हुने सस्तो उपकरणको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ट्वासले डा. गिरीलाई अवार्ड प्रदान गरेको हो।डा. भानु न्यौपानेसँग मिलेर उनले स्मार्ट फोनबाटै हैजा गराउने परजीवी पत्ता लगाउने उपकरण बनाएका थिए।

डा. गिरी नेसनल युथ एकेडेमी नेपालका अध्यक्ष हुन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…