सेनाको उदाहरणीय काम : कोरोना संक्रमितको शव व्यवस्थापनमा सैनिक महिला

siddhartha wheel mart

काठमाडौं, मङ्सिर २० ।नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ । त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका पृतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिइएको थियो । तालिममा सिपाही दर्जाका १० जना सहभागी थिए।उनीहरूले ६ वटा शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।

‘महिला सशक्तीकरणका लागि सेनाले गरेको यो एउटा नौलो प्रयोग हो,’ पौडेलले भने, ‘राष्ट्रका लागि आवश्यक हरेक क्षेत्रमा महिलाले उत्तिकै योगदान दिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेका हौँ । यही कदमअन्तर्गत शव दहनमा महिला सैनिक प्रयोग गरिएको हो।’

aawash steels

नेपाली समाजमा व्याप्त अन्धविश्वासका कारण महिलालाई शव दाहसंस्कारमा कमै सहभागी गराइन्छ । सैनिक प्रवक्ता पौडेलले भने, ‘महिला र पुरुष बराबरी हुन् । शव दहनमा महिलाको प्रयोग यसैको एउटा विम्ब हो । नेपाली सेना यसरी नै प्रत्येक क्षेत्रमा सैनिक महिलालाई सशक्त बनाउन चाहन्छ।’

सातदिने तालिमका सहभागीलाई शव दहनका समुदायगत प्रक्रिया र संक्रमणबाट बच्ने सबै उपाय सिकाइएको छ । हिन्दू धर्ममा आस्था राख्ने समुदायका मृतकको शव पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शव दहन केन्द्रमा दाहसंस्कार गर्ने गरिएको छ।

super kinetic courier

यस्तै, बौद्ध धर्मावलम्बीहरूको शव स्वयम्भूस्थित घाटमा समाधिस्थ गरिन्छ । त्यसबाहेक इसाई, मुस्लिमलगायत धर्मावलम्बी समुदायका मृतकको शव उनीहरूकै परम्पराअनुसार दहन गर्न सैनिक महिलाले सघाउनेछन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…