गोयल भ्रमणको रिजल्ट नेपाल–भारत संवादहीनताको अन्त्य : परराष्ट्रमन्त्री

गोयल
siddhartha wheel mart

काठमाडौं, मंसिर १९ ।परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल प्रधामन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल भ्रमणमा आएको प्रस्ट पारेका छन्।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले गोयल भ्रमणको रिजल्ट पनि आइसकेको बताए।

उनले गोयलको भ्रमणपछि नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको समेत बताए। । ‘गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी पुरानै कुरामा अडेर बसेका छौं’ मन्त्री ज्ञवालीले भने, ‘उहाँ (गोयलए रअ प्रमुखका रूप नभई प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर दूतका रुपमा आउनुभएको हो’

aawash steels

मन्त्री ज्ञवालीले दुई देशबीच सम्बनध सुधारका लागि कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु समेत प्रयोग हुने बताए। दुई देशबीच सम्बन्ध तिक्ततापूर्ण रहेको बेला सम्बन्ध सुधारका लागि कहिले व्यापारी त कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्’ उनले भने, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र?’ उनले गोयलको भ्रमणलाई ठूलो विषय नबनाउन सकेत आग्रह गरे।

बैठकमा नेकपा सांसद भीम रावलले राति आफ्नै निवासमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई प्रधानमन्त्रीले भेट्ने कुरा ठीक नभएको बताएका थिए।

super kinetic courier

‘भारतीय गुप्तचर प्रमुखलाई राती प्रधनमन्त्रीले निवासमा भेट्ने कुरा मिलेन। यसले प्रधानमन्त्री र देशको मर्यादा पनि बढाउँदैन’, उनले भने, ‘यो हाम्रो स्वतन्त्र परराष्ट्र नीतिविरुद्ध हो।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…