अमेरिकामा ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वीर्यबाट नातिनी!

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १९ ।अमेरिकामा ६१ वर्षीया महिलाले शिशुलाई जन्म दिएकी छन्। अमेरिकाको नेब्रास्काकी ६१ वर्षीया सिसिल इलेजले आफ्नै कोखबाट शिशु (नातिनी)लाई जन्म दिएकी हुन्।

६१ वर्षीया सिसिलले आफ्ना समलिंगी छोरा म्याथ्यु इलेजको परिवार बसाउने क्रममा विश्वमै नयाँ इतिहास रचेकी हुन्। उनी नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन्।

सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग समलिंगी विवाह गरेका छन्। समलिंगी भएका कारण उनीहरूबाट सन्तान सम्भव थिएन। आफैँ सन्तान जन्माउन सम्भव नभएपछि आफ्नो छोरा र उनको श्रीमानको सन्तानलाई आफ्नो गर्भमा हुर्काएर उनले प्राकृतिक रुपमै नातिनीलाई जन्म दिएकी हुन्। सिसिलले गत साता जन्म दिएकी नातिनीको नाम उमा लुइस राखिएको छ।

aawash steels

तीन सन्तानकी आमा र बढ्दो उमेरका कारण सिसिल फेरि गर्भवती बन्न सक्दिनन् कि भन्ने शंका चिकित्सकलाई थियो। तर, परीक्षणको क्रममा उनी सबै दृष्टिकोणबाट सक्षम देखिएकी थिइन्।

‘म स्वास्थ्यको निकै नै ख्याल गर्ने मान्छे हुँ,’ सिसिल भन्छिन्, ‘गर्भवती हुन सक्दिनँ भन्ने कुनै द्विविधा थिएन, जस्तो सोचेको थिएँ, त्यस्तै भयो।’ डोहोर्टीकी दिदी लियाको अन्डा र छोरा म्याथ्युको वीर्य आफ्नो कोखमा राखेर सिसिलले नातिनीलाई जन्म दिएकी हुन्।

super kinetic courier

उनले गर्भावस्थाको अवधिमा कुनै असहज महसुस नगरेको बताएकी छन्। ‘गर्भावस्थाको बेला कुनै पनि समय कुनै समस्याको संकेत देखिएन,’ उनले भनिन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…