दोलखामा भोलीबाट मठमन्दिर सर्वसाधारणका लागी खुल्ने

siddhartha wheel mart

दोलखा, मङ्सिर १८ ।दोलखामा सर्वसाधारणका लागी बन्द गरिएको मठमन्दिर भोली (शुक्रबार)बाट खुल्ने भएका छन् । जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले मन्दिर, गुम्बा लगाएत धार्मिक स्थलमा लगाइएको निषेधाज्ञा हटाउने निणर्य गरेको हो ।

मन्दिर व्यवस्थापन समिति तथा गुम्बा व्यवस्थापन समितिले स्वास्थ्य मापदण्डको पुुुुुर्ण रुपमाा पालना गराउँदै जिल्लाको प्रशिद्ध धार्मिक स्थलहरु कालिन्चोक भगवती, दोलखाको भीमेश्वर मन्दिर सहित जिल्लाका सबै धार्मिक स्थल भोलीबाट सर्वसाधारण भक्तजनका लागी खुल्ला गरिएको छ ।

मठमन्दिर

यसैबिच कालिन्चोक केवलकार पनि भोलीबाट सञ्चालनमा आउने भएको छ । कालिन्चोक भगवतीको दर्शनका लागी प्रयोग गरिने केवलकार भोलीबाट नियमित रुपमा सञ्चालन आउने दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिनुभयो ।
धार्मीक स्थलमा लगाइएको निषेधाज्ञा हटाइएपनि जात्रा, भेला भने अझै निषेध नै गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन विगत लामो समयदेखी दोलखाका धार्मिक स्थल बन्द गरिएको थियो ।

aawash steels

मठमन्दिर

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सर्लाहीकाे हरिपुर नगरपालिकामा २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु

सर्लाही, फाल्गुन २५ । सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व…

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…