साहित्यकार कुसुम भन्छिन्- ‘सक्नुहुन्छ त हौसला दिनुहोस् सक्नुहुन्न त बिचरा भनेर हीनताबोध पनि नगराइदिनुहोस्’

siddhartha wheel mart

म त्यस्तो छैन जुन यहाँहरुले मलाई सोचिरहनु भएको छ। म त्यस्तो पनि होइन जुन म आफूले आफूलाई सोचिरहेकी छु। अचम्म मान्दै हुनुहुन्छ होला, भनेपछि म कस्तो छु त ? म, म मात्र म छु, म एक अदृश्य म, म न कसैले देख्न सकेको म, म न कसैले भोग्न सकेको म, म न कसैले बुझ्न सकेको म । म, म मात्र म छु। म यस्तै छु जो म आफूले आफूलाई निकै भाग्यमानी देख्ने म, म जो हाम्रो जिन्दगी एक सुन्दर फूल देख्ने म, म आफू भित्रभित्रै खुब रमाउने म, म ती हरेक बिहानी मेरै पर्खाईमा बसिरहेको महसुस गर्ने म, म आफूले आफूलाई निकै सक्षम देख्ने म, म मेरो जिन्दगीको सबैभन्दा असल साथी म।

म सदाजस्तै मनमा अनेकौं हर्ष बोकेर, केही बन्ने एउटा सपना र उद्देश्य लिएर कतै निस्किरहेकी थिएँ। मेरा सम्पूर्ण शरीरहरू आकाशमा चरा उडेझैँ उडिरहेका थिए भने प्रगतिको शिखर चुम्न तत्पर मेरा पाइलाहरू निरन्तर अगाडि बढिरहेका थिए। अफसोच, म केही वस्तुमा अल्झिएर भुईँमा लड्न पुगेछु। त्यसै समयमा एकजना आन्टि आएर नरोकिई भन्न थाल्नुभयो, ‘बिचरा, हेर लडिहालिन्, यस्तो मान्छेलाई एक्लै किन हिँड्नुपरेको थियो होला।’ उहाँले बोल्नुभएको ती शब्दहरूले छुरा रोपेझैँ मनमा निकै चोट पुर्‍यायो। अरूलाई नै कसैलाई भनिएको हो कि भनेर यताउति हेरेँ तर त्यहाँ म बाहेक अरू कोही थिएन।

aawash steels

मेरो मष्तिष्कमा प्रश्नका ठेली तँछाडमछाड गर्न थाले। ‘बिचरा?’ को बिचरा ? म कसरी बिचरा ? फेरी अर्को शब्द, ‘हेर लडिहालिन्’, यसो सोचेँ होइन म बाहेक यो संसारमा अरू कोही लड्दैनन् कि क्या हो, पुनः अर्को शब्द मनमा गुन्जियो, ‘यस्तो मान्छेलाई किन एक्लै हिँड्नुपरेको थियो होला’ यस्तो मान्छे ? हँ, म कस्तो मान्छे ? म त एकछिन सोचमग्न भएछु। उहाँलाई एकटकसँग नियाँले अनि म आफैंले आफैंलाई पनि नियाँले। खै, उहाँ र म बीच मैले त्यस्तो केही अन्तर पाइँन। म स्तब्ध भएँ। अगि सम्म मेरो मनमा पलाएका हर्ष उमङ्गहरू हावा सरी उडेर खै कता गए कता। म ओइलिएको पात झैँ निकै माथिबाट तल झरेँ। म उहाँसाम’ फर्केर एक मुस्कान छोडेँ अनि ‘गएँ है’ भन्दै अगाडि बढेँ।

केही समय पश्चात् एक दिनको कुरा हो। म सदा झैँ घरबाट बहिर कतै निस्किरहेकी थिएँ। गन्तव्यस्थल सम्म पुग्न तत्पर मेरा पाइलाहरु निरन्तर अगाडि बढिरहेका थिए। पृथ्वी गोलो छ, घुमिफिरी पालो सबैको आउँछ भन्थे हो रहेछ क्यारे। अफसोच, केही समय अगाडि म हिँडिरहेको बेला बाटोमा लड्दा ‘बिचरा, ला लडिहालिन्, यस्तो मान्छेलाई किन एक्लै हिँड्नुपरेको थियो होला र ? भन्ने उहाँ आन्टि मेरो आँखा अगाडि नै लड्नुभयो। पहिले त म झसङ्ग भएँ अनि हतार हतार ‘ला, बिचरा, लड्नुभएछ’ भन्दै उठाउन गएँ। अनि पुनः सोचेँ, अँ साँच्चै, उहाँ त म जस्तो होइन क्यारे, उहाँ त म भन्दा फरक हुनुहुन्छ। अनि उहाँ त लड्नुहुन्न नि। लड्दा कस्तो हुँदोरहेछ भनेर अनुभव लिन लाग्नुभएको होला। यही सोच्दै म गलल्ल हाँस्न पुगेछु। उहाँलाई मेरो ‘बिचरा’ शब्दले निकै आघात पुगेछ क्यारे, मसँग रिसाउँदै भन्नुभयो को बिचरा ? कसलाई बिचरा भनेकि तिमीले ? कहिलेकाँहि त जो पनि लडिहाल्छ नि।’ मैले मुस्कुराउँदै भने यो भन्दा अगाडि मेरो यही हाल हुँदा के भन्नुभएको थियो ? एकपटक सम्झनुहोस् त ? उहाँ निशब्द हुनुभयो। उहाँको आँखामा टिलपिल टिलपिल आँसु देखिन थाले। म केही नबोली उहाँलाई हेरेर मुस्कुराउँदै अगाडि बढेँ।

super kinetic courier

मलाई धेरैले सोधिरहनुहुने एक प्रश्न छ, ‘तपाईँलाई आफ्नो दैनिक क्रियाकलापहरू गर्न गार्हो हुँदैन र ?’ जसको म सहजै जवाफ दिन्छु, ‘अरे यार, यो संसारमा सजिलो भन्ने केही छैन।’ मलाई लाग्दैन, यो संसारमा जो कोही पनि संघर्ष नगरी बाँचिरहनुभएको छ। जिन्दगी सोचे जति सरल कसैको पनि छैन होला सायदै। अनि सबै चिजले भरिपूर्ण कोही पनि हुनुहुन्न होला। त्यसैले तपाईँ स्वयं आफूलाई अनि अरू जो कोहीलाई पनि आफूसँग जे छ त्यसैमा खुशी हुन सिक्नुहोस् सिकाउनुहोस्। सक्नुहुन्छ त हौसला दिनुहोस् सक्नुहुन्न त बिचरा भनेर हीनताबोध पनि नगराइदिनुहोस्।
धन्यवाद
कुसुम घिमिरे

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…