चिनियाँ यानले चन्द्रमाको ढुंगाको नमुना संकलन गर्‍यो, पठायो पहिलो रंगीन तस्बिर

चिनियाँ
siddhartha wheel mart

काठमाडौं, मंसिर १८ ।चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न गएको चिनियाँ अन्तरिक्ष यानले बुधबार राति सफलतापूर्वक ढुंगा र माटोको नमुना संकलन गरेको छ।

ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ।चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो।

मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो। १९ घण्टाको अपरेसनपछि बुधबार राति चिनियाँ समयअनुसार १० बजे यानले नमुनाहरु संकलन गर्न सफल भएको ग्लोबल टाइम्सले जनाएको छ।

चिनियाँ यानले नमुना सफलतापूर्वक संकलन गरिसकेको छ। अब यो मुन ल्यान्डर बिहीबारदेखि रिटर्न मोड्यूलमा फर्किनेछ।

aawash steels

चन्द्रमाको ढुंगाको नमुना संकलन गर्दै चिनियाँ यान

चन्द्र कक्षमा पहिल्यैबाट सर्भिस भेइकल तथा रिटर्न मोड्युल मुन ल्यान्डरलाई पर्खिरहेको छ।

super kinetic courier

मुन ल्यान्डरले नमूनाहरु रिटर्न मोड्युलमा लगेपछि उक्त यान पृथ्वीमा फर्किनेछ। चिनियाँ वैज्ञानिकका अनुसार रिटर्न मोड्युल मंगोलियाको सिजिवाङस्थित घाँसे मैदानमा ल्यान्ड गर्नेछ।चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो।

पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

Lander

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए।

हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ।

 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा…

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए…

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम…

काठमाडौं,फाल्गुन २४ । प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा…

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…