वैज्ञानिकको हत्यापछि आक्रमक बन्यो इरान, परमाणु गतिविधि बढाउन कानुन बनायो

वैज्ञानिक
siddhartha wheel mart

काठमाडौं, मंसिर १८ ।आफ्नो परमाणु वैज्ञानिकको हत्या गरिएपछि इरानले परमाणु गतिविधि बढाउने देखिएको छ।

इरानको संसदले संयुक्त राष्ट्रसङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न रोक्ने र युरेनियम थप संवर्द्धन गर्ने कानुनलाई स्वीकृत गरेको बीबीसीले जनाएको छ।उक्त विधेयक अनुसार सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्द्धनलाई पुनः सुरु गर्नुपर्नेछ।

सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले संवर्द्धन गर्न सकिने बुँदा थियो। त्यहाँ अन्तर्राष्ट्रिय निरीक्षकलाई अनुगमनको अनुमति पनि दिइएको थियो।

aawash steels

संसदले पारित गरेको कानुन पालन गर्न अब इरानी सरकारले त्योभन्दा निकै बढी युरेनियम संवर्द्धन गर्नुपर्नेछ।

इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएपछि त्यहाँको संसदको यस्तो निर्णय आएको हो।तर इरानी राष्ट्रपति हसन रुहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका छन्। कूटनीतिमा असर गर्ने हुँदा उनी असमर्थ देखिएको बताइएको छ।गत शुक्रवार राजधानी तेहरान बाहिरको एउटा सडकमा वैज्ञानिक मोहसिन फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो।

super kinetic courier

इरानले उक्त घटनामा इजरायल र देशबाट निष्काशित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रयोग गरी गोली हानेर हत्या गरेको बताएको छ।तर इजरायलले भने सार्वजनिक रूपमा उसको संलग्नताबारे लागेको आरोपबारे बोलेको छैन।फख्रिजादेहले इरानको परमाणु कार्यक्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए। इरानले आफ्नो परमाणु कार्यक्रम पूर्णरूपमा शान्तिपूर्ण रहनेमा जोड दिने गरेको छ।तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ।

पश्चिमा शक्ति उसलाई परमाणु हतियार बनाउनबाट रोक्न चाहन्छन्। गत जनवरीमा मात्र अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको पनि हत्या गरेको थियो। अमेरिकाले सुलेमानीलाई आतंकवादीको संज्ञा दिएको थियो।

इरानको नयाँ कानुन

इरानको गार्डियन काउन्सिलले अनुमोदन गरेको कानुन अन्तर्गत तेहरानले सन् २०१५ को परमाणु सम्झौताका युरोपेली हस्ताक्षरकर्ताहरूलाई दुई महिनाको समय दिन सक्नेछ।त्यसबीच उनीहरूले सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएदेखि इरानको तेल र वित्तिय क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउनु पर्नेछ।यदि ती प्रतिबन्धहरू दिइएको समयसीमामा खुकुलो नपारिएमा सरकारले युरेनियम संवर्द्धन कार्यक्रमलाई २० प्रतिशतले बढाउनुपर्नेछ।इरानले दुईवटा केन्द्रहरू नाटाज र फोर्डोउमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुट

काठमाडौं,फाल्गुन २४ । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। स्वस्थ…

ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई…

काठमाडौं,फाल्गुन २४ । ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई सजिलै पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–१…

नेकपा बदर हुने फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष गम्भीर असहमतिमा

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको…

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…