नेपालसँग वार्ता अघि बढाउनुको कारण, एमसीसी र चीनबारे यसो भन्छन् भारतीय विदेशमन्त्री जयशंकर

नेपाल
siddhartha wheel mart

काठमाडौं, मंसिर १८ ।भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा केहि समस्याहरु देखिएको भए पनि पछिल्लो समय नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई अघि बढाउने निर्णय गरेको बताएका छन्।

भारतीय अखबार द हिन्दूलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले सम्बन्ध अघि बढाउने विषय पारस्परिकरुपमा भएको बताएका छन्।‘जहाँसम्म नेपालकेन्द्रित प्रश्न छ, त्यसबारे म के भन्न चाहन्छु भने विगतमा हामीबीच केहि मुद्दाहरु थिए, तर पछिल्ला केही साता भारत र नेपालले (अघि बढ्ने) निर्णय गरेका छौं र यो पारस्परिकरुपमा भएको हो,’ जयशंकरले प्रष्ट्याएका छन्।

सो पत्रिकाका लागि सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा नेपाल र भारतबीच संविधानको विषयमा मनमुटावपूर्ण सम्बन्ध रहेको र यसै वर्ष नेपालले नक्सा जारी गर्दा भारतकाे भूभाग समेत पारेको दाबी गर्दै भारतले विरोध गरेको कुरा नसुल्झिँदै भारतीय अधिकारीहरु नेपाल भ्रमणमा गइरहेको देखिन्छ नि भनी सोधिएको प्रश्नमा उनले सो उत्तर दिएका हुन्।नेपाल आफ्नो अडानमा अडिग नै रहिरहेका बेला भारत भने आफ्नो धारणामा दृढ रहन नसकेको हो की भन्ने प्रश्न समेत उनलाई गरिएको छ।

aawash steels

‘मैले भनिहालें, एउटा मात्रै घटना मूल्यांकनको मापदण्ड हुनसक्दैन। समस्याहरु हुन्छन्। एकअर्काबीच समस्या नै नभएका दुई छिमेकी मुलुक कहाँ छन् र? आज हाम्रा अधिकांश छिमेकी देश लोकतान्त्रिक छन्। यसको अर्थ, उनीहरुको आफ्नो राजनीति छ र हाम्रो पनि आफ्नो राजनीति छ। यसमा मुद्दाहरु आउँछन्,’ जयशंकरले भनेका छन्, ‘मुख्य कुरा भनेको हामी त्यस्ता विषयलाई कसरी व्यवस्थापन गर्छौं भन्ने हो। कसरी सहमतिका बिन्दु भेट्छौं, बिबादका विषयलाई कसरी गम्भीर बन्न दिँदैनाैं भन्ने हो।’

जयशंकरले बिबादहरु समाधान गर्नका लागि समय लाग्नसक्ने बताएका छन्। उनले छिमेकी देशहरुमा पनि धेरै परिवर्तन आएको बताएका छन्।उनलाई अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे पनि प्रश्न सोधिएको थियो।

super kinetic courier

अमेरिकाले दक्षिण एसियामा आफ्ना धेरै कार्यक्रमहरु अघि बढाउँदा पनि भारतले भने सबैलाई समेट्ने नाममा त्यसप्रति किन कुनै आपत्ति नजनाएको भन्ने प्रश्न समेत गरिएको छ।‘अमेरिकाले मिलेनियम च्यालेन्ज प्रोग्राममार्फत् नेपाल र श्रीलंकामा निकै कामहरु गर्न लागेको छ, भारतले त यसबाट आफूलाई सहयोग पुग्ने रुपमा लिएको देखिन्छ, यो क्षेत्रमा चीन ठूलो शक्तिका रुपमा उदाएका कारण त्यसो गरिएको हो?’ उनलाई सोधिएको छ।

जवाफमा जयशंकरले परिस्थिति ठ्याक्कै त्यस्तो नभएको बताएका छन्।विगतमा अमेरिकाले भारतप्रति निकै दुश्मनीपूर्ण व्यवहार गर्दाको प्रसंग र अहिलेको अवस्था फरक भएको उनको भनाइ छ।

‘अमेरिका, चीन र पाकिस्तान एकजुट हुँदा हामीलाई सबैभन्दा ठूलो रणनीतिक चुनौति सिर्जना भएको थियो,’ उनले भनेका छन्, ‘अमेरिका हाम्राविरुद्ध रणनीतिक रुपमा नकारात्मक ढंगबाट उभियो भने त्यतिबेला मेरो प्रतिक्रिया अर्कै हुन्छ तर अमेरिका हाम्राविरुद्ध रणनीतिक रुपमा नकारात्मक नहुँदासम्म मेरो मूल्यांकन फेरि फरक हुन्छ।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सर्लाहीकाे हरिपुर नगरपालिकामा २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु

सर्लाही, फाल्गुन २५ । सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व…

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…