वर्तमान सरकारकै कारण यसरी सलबलाउँदै छन् राजावादी

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १८ ।कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी एवं सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै।

०६–६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन्।

देशका मुख्य सहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरका फरक–फरक ब्यानरमा प्रदर्शन गरेका छन् । उनीहरुको उद्देश्य भने एउटै देखिन्छ– गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दुराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने।

aawash steels

संघीय राजधानी काठमाडौँमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारीमाथि निगरानी बढाउने निर्णय गरेका छन्।

आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरु किन सलबलाए? गणतन्त्रपछि जति पनि शासक आए, उनीहरुले यो व्यवस्थालाई बिकृत बनाउने काम गरिरहेका छन्,’ नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, ‘अहिले परम्परागत शक्ति या राजावादी सडकमा देखिएका छन्। यसमा सरकार बढी दोषी छ।’

युवामा असन्तुष्टि बढ्नु, सत्याग्रहीप्रति सरकारको व्यवहार राम्रो नहुनु र राष्ट्रको अभिभावकको भूमिका सन्तुलित नहुनुले पनि राजावादीलाइ हौसला मिलेको पहाडीको बुझाइ छ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…

केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने:पार्वत गुरुङ

काठमाडौं,फाल्गुन २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनदेखि इन्टरनेटको मूल्य घटाउने बताउँदै आएका छन् । राष्ट्रिय व्यान्डविथको मूल्य घटिररहेको भए पनि…

प्रतिनिधिसभा विघटन पछि आज पहिलो बैठक बस्दै

काठमाडौं, २३ फागुन । राजनीतिक अन्योलका बीच पुनर्जीवित प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११…

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु

सुनसरी,फाल्गुन २३ । सुनसरीमा एम्बुलेन्सको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२ च ३८४८ नम्बरको एम्बुलेन्सले…