अक्करमा ओली : न बहुमतको निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

प्रधानमन्त्री
siddhartha wheel mart

काठमाडौं, मङ्सिर १८ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम लिएको छ।

स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ।

सचिवालयको बुधबारको बैठकमा ओली पक्षका मानिने महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि सहभागी थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमै भएको बैठकमा ओली उपस्थित भएनन् । अब तीन दिनपछि बस्ने बैठकमा पनि उनी उपस्थित हुने–नहुने निश्चित छैन।

aawash steels

वरिष्ठ नेता झलनाथ खनालले ओलीसँगै सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भएका कारण उनकै उपस्थितिमा छलफल गर्नका लागि २० मंसिरमा सचिवालय र २१ मंसिरमा स्थायी कमिटी बैठक गर्ने निर्णय भएको जानकारी दिए । उनले ओली सहभागी नभए पनि निर्णय गर्न सकिन्छ भन्ने सन्देश बुधबारको बैठकमार्फत दिइएको बताए।

ओलीले बैठकमा उपस्थित नहुने सन्देश दिएपछि के गर्ने भन्ने विषयमा प्रचण्ड–नेपाल समूहका नेताहरूले बुधबार बिहान खुमलटारमा अनौपचारिक छलफल गरेका थिए।

super kinetic courier

बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने विषयमा उनीहरूबीच मतैक्य छ । बरु, ओली र प्रचण्डको प्रस्तावको किनारा बैठकबाटै गर्ने उनीहरूको योजना छ । पार्टी अध्यक्ष ओली आफूसँग असहमतहरूको सरोकार सम्बोधन गर्ने मनोविज्ञानमा छैनन्, आफ्नो प्रस्ताव पारित गराउने सुविधामा छैनन् । त्यसैले नेकपा विवाद झन्झन् पेचिलो भएको  छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टी संवेदनशील र असामान्य मोडमा रहेकाले त्यसअनुसार नै छलफल गर्ने र निर्णय लिने अवस्थामा पुगेको बताउँछन् ।

बुधबार १ बजेका लागि बोलाइएको बैठकमा ओली उपस्थित हुने वा नहुने द्विविधाबीच महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङको आग्रहअनुसार प्रचण्डले बैठक एक घन्टा ढिलो सारेका थिए । तैपनि ओली अनुपस्थित भएपछि नौ सदस्यीय सचिवालयका बाँकी आठ नेताहरूको बैठक बसेको थियो ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…