
१७ मङ्सिर , काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन् । १० दिनको आइसोलेसन बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।
१० दिन अघि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
उनले सामाजिक सञ्जालमार्फत नै अनिश बाँनिया दाइ र अन्य हजारौं जसले उनको सुस्वास्थ्यका लागि भगवानसँग प्रार्थना गरे उनीहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरी उनले सम्पूर्ण व्यक्तित्व जसले उनलाई त्यस्तो कठिन परिस्थितिमा पनि साहसिक बन्न अभिप्रेरित गरेकोमा कृतज्ञता प्रकट गरेका छन् ।