झल्को राष्ट्रियताको

siddhartha wheel mart

                 झल्को राष्ट्रियताको
✍️कामना श्रेष्ठ

चङ्गा हुन्छ मन मेरो , सबेरै उठ्दाखेरी
नाच्छन् फुल वरिपरि ,अनेकौं रुपरङ्ग फेरी
हेर्दा सानो मुलुक हाम्रो ,विविधतामा विशाल
देखिन्छ सुन्दर नेपालीको, एकतामा नेपाल ।

सत्कार गर्न पर्यटकलाई ,मुस्कुराउँछन् मुसुक्क हिमाल
फुल्छन् कालिन्चोक वरपर,रातासेता चिमाल ।
वरिपरि डाँडाकाँडा फुलैफुलको ,कस्तो राम्रो ठाउँ
सुन्दर बस्ती छन् यहाँ ,पर्छन् अनगिन्ती सहर अनि गाउँ ।

aawash steels

फुल्छन् यहाँ लालीगुँरास,ढकमक्क वनैभरी
नाच्छन् डाँफे मयूरजस्तै,मनै लोभ्याउने चरी
मन्दिरलाई सजाएको ,साह्रै राम्रो देखेँ आज
समय हो हिमाल देखिने राम्रो ,मिर्मिरे र साँझ ।

गाई हाम्रो राष्ट्रिय जनावर ,द्वित्रिकोणाकार झन्डा
अझै राम्रा संस्कृति छन् हाम्रा, तिनिहरु भन्दा
बस्छन् यहाँ धेरै जाति, बोल्छन् आफ्नै भाषा
कोही भन्छन् मीत,कोही साथी त नेवारीमा पासा।

super kinetic courier

सँगै मिली बढौँ हामी ,गर्दै एकअर्कालाई सम्मान
निडर बन्न सिकौं हामी ,ग‍र्खालीको वीर सन्तान
बग्छन् यहाँ हजारौं नदीनाला,पाउँछौं अमृतरुपी जल
कायम गरि मेलमिलाप ,बनाअौँ एकता नै बल ।

झल्को

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…

सरकारसँग सहमति भएपछि नेेेेेेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक

काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै…

ज्याेति लाइफकाे आईपीओ बिक्री खुला

फागुन २१ | ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३०…

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध…