नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

देउवा द्वारा रिहा
siddhartha wheel mart

तनहुँ मङ्सिर १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै कांग्रेस नेता पौडेललाई प्रहरीले तनहुँबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वरिष्ठ नेता पौडेलले सुरक्षा घेरा तोडेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बताएका छन् । वरिष्ठ नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको जानकारी दिएका छन् ।

ब्यास नगरपालिकाले अधिकार क्षेत्र मिच्दै व्यास नपा–१३ को सोंढे र ऋषिङ गाउँपालिकाको वडा नम्बर ३ जोड्ने सेती नदी माथिको मोटरेबल पुल उद्घाटनको कार्यक्रम राखेको थियो ।

aawash steels

संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा सडक डिभिजन कार्यालय दमौलीले निर्माण गरेको उक्त पुलको पौडेलले उद्घाटन गर्ने तयारी गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको थियो ।

झडप हुने अवस्थालाई ध्यान दिँदै स्थानीय प्रशासनले उक्त ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कांग्रेस नेता पौडेलले उक्त पुलको उद्घाटनका लागि निषेधित क्षेत्र तोडेका थिए ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…