ओली अनुपस्थित भएपछि नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित, अर्को बैठक २० गते बस्ने

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १७ ।नेकपा सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको छ।बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली अनुपस्थित भएपछि केहीबेर बसेर बैठक स्थगित भएको जानकारी दिए।

उनले पार्टीमा देखिएको विवाद समधानका लागि प्रधानमन्त्री ओलीसहित छलफल गर्न उपयुक्त हुन्छ भनेर स्थगित गरिएको बताए।

‘आज बसेको बैठकमा अध्यक्ष ओली उपस्थित हुनृुभएन’, प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा देखिएको विवाद÷संकट समधानका लागि प्रधानमन्त्रीसहित छलफल गर्न उपयुक्त हुन्छ भन्ने निष्कर्षका साथ आजको बैठक स्थगित गरिएको हो।’

aawash steels

बैठकले प्रधानमन्त्री ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थित हुनका लागि अनुरोध गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

यता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री ओलीले बैठकअघि नै कार्यव्यस्तताका कारण कारण उपिस्थित हुन नसक्ने जानकारी दिएको बताए।

super kinetic courier

‘प्रधानमन्त्रीले बैठकअघि नै कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी दिनुभएको थियो’, सल्लाहकार थापाले भने।उनले अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने जनाकारी दिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…

सरकारसँग सहमति भएपछि नेेेेेेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक

काठमाडौं,फाल्गुन २१ । सरकारसँग सहमति भएपछि यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। आज काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै…

ज्याेति लाइफकाे आईपीओ बिक्री खुला

फागुन २१ | ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३०…

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (शुक्रबार) संसदीय दलको वैठक बस्दैछ । अब बन्ने नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध…