प्रतिदिन सबैभन्दा धेरै क्लिङकर उत्पादन गर्ने उद्योग कसरी बन्यो सम्राट सिमेन्ट?

सिमेन्ट
siddhartha wheel mart

काठमाडौं, मंसिर १७ ।सम्राट सिमेन्ट उद्योग प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट हुन सफल भएको छ।

प्रतिदिन ५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको सम्राट सिमेन्टले स्थापनाको दुई वर्षमा नै यो उपलब्धि हासिल गरेको हो।वैश्विक महामारीबीच पनि अनवरत गरेको कामको परिणाम यो उपलब्धि हासिल भएको कम्पनीका मुख्य साझेदार तथा अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिना बताउँछन्। उनी यसको सम्पूर्ण श्रेय आफूलगायत अन्य सञ्चालकहरु तथा आफ्नो सम्पूर्ण कर्मचारीलाई दिन रुचाउँछन्।

सम्राट सिमेन्टको मुख्य सञ्चालकहरु अध्यक्ष तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधिर तिमिल्सिना छन्। नेपाली लगानीकर्ताहरु र नेपाली बैंकहरुको संयुक्त प्रयासमा यो सफल हुन पुगेको उनको भनाइ छ।

aawash steels

‘सबै सञ्चालकहरुको साथ र सहयोगका कारण सम्राट सिमेन्टले यति कम समयमा राम्रो गती लिन सम्भव भएको हो,’ तिमिल्सिनाले भने।

मुकुन्दप्रसाद तिमिल्सिना व्यापारमा नयाँ अनुहार होइनन्। सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए। त्यस्तै, विभिन्न होइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन्। उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ। उनी भिभो मोबाइलका अध्यक्ष पनि हुन्।

super kinetic courier

उनको कम्पनीले नेपालका लागि करिब ५/६ वटा विभिन्न ब्राण्डका मोबाइल आयात गर्दै आएको छ। योसँगै उनको लगानी शुभश्री अग्नी (प्युठान सिमेन्ट) मा पनि छ। त्यस्तै भत्तपुर इँटा टायल कम्पनीमा पनि उनको लगानी छ। त्यसैगरी अम्बे स्टिलमा पनि उनले लगानी गरेका थिए। तिमिल्सेना नेपालमा बिक्री वितरण हुँदै आएको भिडियोकन कम्पनीका टेलिभिजन, फ्रिजलगायतका इलेक्ट्रिोनिक सामानहरुको आयातकर्ता समेत हुन्।

उनको परिचय त्यत्तिमा मात्रै सीमित छैन। धार्मिक र विभिन्न सामाजिक कार्यहरुमा पनि उनी अगाडि रहेर काम गर्न रुचाउँछन्। उनले चितवनमा ठूलो मन्दिर तथा धर्मशाला निर्माण गराएका छन्। करिब २ दशकअघि निर्माण गराएर सेवा दिइरहेको धर्मशालाको बारेमा धेरै कमलाई मात्रै जानकारी छ।

केएचडी होमबोल्ड जर्मन कम्पनीको मेसिनद्वारा उत्पादित सम्राट सिमेन्टमा पूर्णरुपमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको उनले जानकारी दिए। उनले भने, ‘आगामी दिनमा ठूला आयोजनामा पनि सम्राट सिमेन्टको प्रवेश पक्का छ।’

४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन्। अध्यक्ष तिमिल्सिनाका अनुसार उद्योगमा १६ बिलियन लगानी भएको छ। जसमध्ये ११ बिलियन फिक्स्ड र बाँकी ५ बिलियन वर्किङ क्यापिटल रहेको छ।

लमही नगरपालिका–७ कमानपुर दाङमा रहेको उद्योगले पछिल्लो समय गरेको व्यवसायिक प्रगति निकै लोभलाग्दो छ। विभिन्न आयोजनाका लागि आवश्यक ल्याव परीक्षणमा सम्राट सिमेन्ट पास हुँदै आएको छ। कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको उल्लेख गर्दै आगामी दिनहरुमा यसको निरन्तरता तीव्ररुपले अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ।

mukund-lama.jpg

कम्पनीका अनुसार गुणस्तरीय मापदण्डलाई सम्राट सिमेन्टले निकै जोड दिएको छ। सिमेन्टका बोराहरु प्याक हुनु अघि एफएल एसएमआइडीटीएच डेनमार्कबाट ल्याइएको रोबटिक प्रविधिको प्रयोग गरेर ‘रमिल पाउण्डर’, ‘क्लिनफिड पाउडर र सिमेन्ट पाउडरको परीक्षण गरिन्छ र त्यसपछि मात्रै सिमेन्ट उत्पादनको शुरुवात गरिन्छ।

यसो गर्दा कम समयमा धेरै गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ। जसको कारण कम्पनीले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गरेको छ। नेपालमा यस प्रविधिबाट गुणस्तर मापन गर्ने यो दोस्रो कम्पनी हो।

यस उद्योगमा खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकालेर पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ। जसका कारण कम्पनीले ७ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ। हाल कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ।

हिमालयन बैंकको अग्रसरतामा एभरेष्ट, मेगा र सिटिजन बैंकलगायतका बैंकहरुको मुख्य लगानी रहेको यो प्रोजेक्टमा कम्पनीले काम गरिरहेको छ।

करिब तीन दशकभन्दा धेरै समयको व्यापार व्यवसायमा समय व्यतित गरेका तिमिल्सिना काठमाडौंको नेउखा नरदेवी टोलमा जन्मिएका हुन्। वाणिज्य विषयमा स्नातक पूरा गरेका उनी आफ्नो उद्योगको हरेक विभागमा निकै रुचिका साथ समय दिन्छन्।

लकडाउनपको समयमा पनि उनले कामलाई निरन्तरता दिए। जसका कारण २४ महिनाको कम समयमा त्यत्ति ठूलो प्रोजेक्ट समयमै सम्पन्न गरेर उनले उदाहरणीय काम गर्न सफल भएका छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…