
काठमाडौं, मंसिर १७ ।बेलायतले फाइजर र बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ।
द सनका अनुसार ९५ प्रतिशत प्रभावकारी सावित भएको दाबी गरिएको ती कम्पनीको कोरोना खोप प्रयोगमा बेलायतले अनुमति दिएको हो।बेलायतको मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले फाइजर र बायोनटेकको खोप सुरक्षित भएको बताएको छ।यससँगै अमेरिकी कम्पनी फाइजर र बायोनटेकको कोरोना खोपलाई पहिलोपटक अनुमति दिने देश बेलायत बनेको छ।
अब चाँडै यस खोप सामूहिक रुपमा लगाउन सुरु गरिने बेलायती अधिकारीहरुले जानकारी दिएका छन्।