दिउँसो १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

दिउँसो
siddhartha wheel mart

काठमाडौं, मंसिर १७ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्नसक्ने बताए।

aawash steels

‘नेताहरुको कार्यव्यस्थाको कारण दिउँसो १ बजेका लागि बोलाएको बैठक बस्न सकेन, अब २ बजेतिर बस्छ होला’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठक नै स्थगित भएको वा सारेको भन्ने चाहिँ होइन।’मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो।

प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा ओलीले पेश गरेको दुबै प्रस्तावलाई सचिवालय बैठकमा छलफल गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबारको बैठकमा विवाद भएको थियो।अध्यक्षच प्रचण्डसहित ७ जना सचिवालय सदस्यले दुबै प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुपर्ने सुझाव दिएपछि आजको लागि बैठक तय गरिएको थियो। तर, उठ्ने बेलामा अध्यक्ष ओलीले आफू बैठकमा सहभागी नहुने भनेर निस्किएपछि बैठक बस्ने नबस्ने तय भएको थिएन।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…