यदि ओलीले नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे भने यी हुन् उनको रोजाइका दुई पात्र

प्रधानमन्त्री
siddhartha wheel mart

काठमाडौंर मङ्सिर १७ ।के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग गर्न तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा गरेको बताएअनुसारकै दिशातिर जान्छ त जारी विवाद?

सत्तारुढ नेकपाको अन्तरसंघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रीत हो?

आजको जनआस्था साप्ताहिक अगाडि लेख्छ–बृद्धभत्ता पाउने ६५ वर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट सुरु हुन्छ? मोदनाथ प्रश्रितले सन्यास लिएझैँ अब नीतिगत रुपमै युवाको निम्ति ठाउँ खाली गर्न तयार होलान्? प्रश्न अनेक छन्, उत्तर सहज छैन।

aawash steels

यद्यपी यो विषय सचिवालय बैठकमा प्रवेश भएको छ। प्रधानमन्त्रीले राखेको प्रस्ताव उनीबाटै कार्यान्वयन सुरु हुनु पर्ने माग सचिवालयमा उठिसकेको छ।

एकजना नेताले बताएअनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेबारी साँच्चिकै नयाँ पुस्तालाई दिन खोजेका हुन् भने राजीनामा दिएर बैठकमा प्रस्तुत भएमा सबैले एक मिनेटमै उक्त निर्णय कार्यान्वयन गर्ने खुमलटार पक्षको तयारी छ।

super kinetic courier

त्यसो गर्दा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा उनको आदर्श वचनलाई पछ्याउने कतिजना निस्कन्छन् त्यो स्वतः देखिने पनि उनले बताए।

प्रधानमन्त्रीको नयाँ पुस्तालाई सत्ता र नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अर्को चुनाव र महाधिवेशनपछि स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्व सभामुख सुवास नेम्बाङलाई अघि बढाउने हो भन्दै बालुवाटार वरपरका अरु निकटस्थ पनि पर्ख र हेरको रणनीतिमा छन्।

तर, खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोल्नुभएकोमा ढुक्क छन्। उनीहरु भन्छन्, ‘यसअघि प्रधानमन्त्रीको सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकै हुन्। अहिले गौतम कुन हालतमा छन्, सबैले देखेकै छन्।’

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…

बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

काठमाडौं,फाल्गुन २४ । बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता…

मोरङमा करेन्ट लागेर सहचालकको मृत्युु

मोरङ,फाल्गुन २४ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको…