भीमेश्वर मन्दिरमा २७ गते क्षमापुजा, २९ गते खुल्ने

siddhartha wheel mart

दोलखा, मङ्सिर १७ ।दोलखाको प्रशिद्ध भीमेश्वर मन्दिरमा यहि २७ गते क्षमापुजा गरिने भएको छ ।

मन्दिरमा क्षमापुजाका लागी बिहान ठीक ७:३० बजेको साइत जुरेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ । बिहान ७:३० बजे होम यज्ञको शुभारम्भ गर्ने, बिहान ९ बजे ११ आवृत्ती रुद्रि पूजा शुभारम्भ गर्ने, दिनको १२ बजे बलिपूजा गर्ने र अपरान्ह ४ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

भीमेश्वर मन्दिरको भीमसेन शिलामा मंसीर ९ गते दिउँसो १ बजेर ४३ मिनेटबाट आएको पसिना दिउँसो ३ बजेर ५४ मिनेट जाँदा रोकिएको थियो । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन अनुसार क्षमापूजाका लागि पसिना पुछेको कपास महाप्रसाद दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीको नेतृत्वमा काठमाडौँ स्थित राष्ट्रपति कार्यालय पुुुुर्‍याइएको थियो ।

aawash steels

यसअघि फागुन ८ गते बिहान ६:४५ बजेबाट मन्दिरको शिलामा आएको पसिना बिहान ८:२५ मा रोकिएको थियो । भीमेश्वरको (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।
सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

यसैबिच कोरोना भाइरसका कारण सर्वसाधारण भक्तजनका लागी बन्द रहेको भीमेश्वर मन्दिरको मुल गेट खुल्ला गरिने भएको छ । मंसीर २९ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मुल ढोकाबाट पुजा गर्ने व्यवस्था मिलाइने भएको हो ।

super kinetic courier

क्षमापुजा

क्षमापुजा

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…