नेकपा सचिवालय बैठकअघि मनाइयो महासचिव पौडेलको जन्मोत्सव

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १६ ।सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय धुम्बाराहीबाट बालुवाटार सारिएको नेकपा सचिवालय बैठकको सुरुमा महासचिव विष्णु पौडेलको जन्म दिनको केक काटेर शुभकामना दिएर सुरु गरिएको थियो।

बैठक हलमा पस्ने बित्तिकै प्रधानमन्त्री ओलीले महासचिवलाई जन्म दिनको शुभकामना दिँदै केक काट्न आग्रह गरेका थिए।

त्यसपछि अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुले क्रमशः महासचिवलाई केक खुवाए बैठकको कारवाही सुरु गरिएको थियो।

aawash steels

पार्टीभित्र चर्किंदो विवादका कारण नेताहरुबीच तिक्तता बढिरहेका बेला ओलीले सरप्राइजका रुपमा केक काटेर फरक माहोल तयार गरेका हुन्।

यसअघि पनि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई उनीहरुको जन्म दिनका बेला बालुवाटारमा बोलाएर केक काटेर सरप्राईज दिने गरेका थिए।

super kinetic courier

आजको सचिवालयको बैठकमा ओली र प्रचण्डको दुबै प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…