
इलाम, मङ्सिर १६ ।चुलाचुली/तेस्रो मुलुक मा पुनर्वास हुन प्रकृया नपुगेका र हुन नचाहने भुटानी शरणार्थीहरुका लागी जिविकोपर्जन सहितको बिकल्प खोज्दै चुलाचुली ५ को खोलाधारको जमिनमा पहल सुरु गरिएको छ ।
शरणार्थीहरुको अधिकारलाई सुनिश्चित गरि शरणार्थी व्यवस्थापन गर्ने गरेको , शरणार्थीहरुका लागि काम गर्ने युएनएचसिआर नामक अन्तरास्ट्रीय संस्थाले चुलाचुली ५ का वासिन्दाहरुले भोकचलन गर्दै आइरहेको रतुवा खोलाको बगरमा पर्ने केही जग्गामा शरणार्थी वस्ती बसाउने प्रकृयाका लागी पहल सुरु गरिएको छ । चुलाचुली ५ का वडा अध्यक्ष चन्द्र कुमार थापासँग युएनएचसिआरका प्रतिनिधी बिच छलफल भएको छ ।
उहाँका अनुसार जग्गा हकवालाहरुसँग छलफल गरि वडासँँग समन्वय गर्ने र यदि उक्त वस्ती बसाउन जग्गा प्रदान गरेमा ५ बर्षकालागि संस्थाले भाडामा लिएर १कट्ठा जग्गा बापत बर्षको २०००को दरले र प्रत्येक बर्ष १०%प्रतिशतले बढाएर जग्गा हकवालालाई रकम दिने सहमती हकवाला र युएनएचसिआर संस्थाबिच हुनेछ भनें सहमति ५ बर्षको रहनेछ। यस योजना अनुसार हरेक परिवारलाई ४ कट्ठा का दरले जमिन उपलब्ध गराइने छ र यदिि युएनएचसिआरले सम्झौता पछी शरणार्थी राख्न नसकेमा वा जमिन खाली भएमा स्थानियले नै उपभोग गर्न पनि पाउने सम्झौता गरिने जानकारी छ ।
त्यस जमिनमा आवश्यक भौतिक संरचना निर्माण गरि शरणार्थी वस्ती बसाउने मात्र नभै त्यहाँका शरणार्थीहरुले उब्जाउ गरेर जिविकोपार्जन गर्नेछन र उनिहरुलाई उक्त संस्थाद्वारा सिपमुलक तालिम प्रदान गरिने र शरणार्थी विचल्ली नहुन भन्ने हेतुले उनिहरुमा स्वउद्यमशिलता उजागर गराउने युएनएचसिआरको उद्देश्य रहेको छ।यस अघि शरणार्थीहरु झापा दमकको बेल्डाङ्गीमा बसोबास गर्दै आइरहेका छन। यसका लागी उक्त सस्था अहिले ३० बिगाहा जमिन को खोजी मा रहेको छ ।