विवादस्पद तस्बिरको विषयमा चीनले अस्ट्रेलियासँग माफी माग्न अस्वीकार गर्‍यो

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १५ ।विवादस्पद तस्बिरको विषयमा चीनले अस्ट्रेलियासँग माफी माग्न अस्वीकार गरेको छ।

चीनले हालै अस्ट्रेलियाको आलोचना गर्न एउटा तस्बिर सार्वजनिक गरेपछि अस्ट्रेलियाको सरकार चीनसँग रुष्ट बनेको थियो र चीनले माफी माग्नुपर्ने बताएको थियो।

अस्ट्रेलियाका सेनाले अफगानिस्तानका सर्वसाधारणको हत्या गरेको प्रतिवेदन हालै सार्वजनिक भएपछि चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले अस्ट्रेलियाको सेनाले एक अफगान बच्चाको घाँटीमा छुराले रेटेको तस्बिर ट्वीटरमा राखेका थिए।

aawash steels

त्यहाँ ‘नडराउनु हामी यहाँ शान्ति ल्याउन आउन लागेका छौं’ लेखिएको छ।

चीन र रुसले ३९ जना अफगान नागरिकको हत्याको विषयमा अस्ट्रेलियाले आलोचना गरिरहँदा अस्ट्रेलियाले भने उक्त तस्बिरको विषयमा चीनको आलोचना गरेको थियो।

super kinetic courier

अस्ट्रेलियाको अवहेलना गर्न सार्वजनिक गरिएको उक्त तस्बिरको विषयमा चीनले तत्काल माफी माग्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका थिए।

विवादस्पद

उनले चीनलाई उक्त तस्बिर सार्वजनिक गर्दा लज्जा बोध हुनुपर्ने पनि बताएका थिए। अस्ट्रेलियाबारे घृणा फैल्याउने कार्य नगर्न मरिसनले चेतावनी दिएका थिए।

तर चीनले भने अस्ट्रेलियासँग माफी माग्न अस्वीकार गरेको छ। चीनले सोमबार ‘अफगान नागरिको जीवनले अर्थ राख्छ’ भन्दै तस्बिर सामाजिक सन्जालबाट नहटाउने पनि बताएको छ।

दक्षिण चीन सागरको विषयमा चीन र अस्ट्रेलियाबीच विवाद छ। यस घटनाका कारण दुई देशबीच अर्को विवाद निम्तिएको छ।

अमेरिकाको पक्षमा उभिएको अस्ट्रेलियाले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक बताउँदै आएको छ। चीनले भने आन्तरिक मामिला दख्खल नदिन अस्ट्रेलियालाई चेतावनी दिँदै आएको छ।

अस्ट्रेलिया अमेरिका, जापान, भारतसहितको क्वाड समूहमा पनि आवद्ध छ। यस समूहलाई चीनले आफूविरुद्धको मोर्चा भएको बताउँदै आएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…