चन्द्रमाको ढुंगा लिन गएको चिनियाँ यान चन्द्र कक्षमा पुग्न सफल

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १५ ।चन्द्रमाको ढुंगा लिन गएको चिनियाँ अन्तरिक्ष यान चाङ’ए ५ चन्द्र कक्षमा प्रवेश गर्न सफल भएको छ।

चिनियाँ चन्द्रयान चन्द्र कक्षमा पुग्नासाथ चन्द्रमाबाट ढुंगा ल्याउने चीनको योजनाले एउटा ठूलो बाधा पार गरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

यसअघिका धेरै अभियानहरुमा चीन चन्द्रकक्षमै प्रवेश गर्न सकेको थिएन। ११२ घण्टा उडेपछि गत शनिबार चिनियाँ चन्द्रयान चन्द्रकक्षमा पुगेको बताइएको छ।

aawash steels

त्यसबेला चीनको चन्द्रयान चन्द्रमाको सतहभन्दा ४ सय किलोमिटर मात्र टाढा थियो।

चन्द्रमाको सतह नजिक पुगेर चन्द्रयानले चन्द्रमाको गुरुत्वाकर्षको मापन गरेको र आइतबार चन्द्रकक्षमा आफ्नो चन्द्रयान पुगेको चीनले बताएको छ।

super kinetic courier

चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो।

पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए। सन् १९७६ मा अन्तिमपटक सोभियत संघले पठाएको लुना २४ ले पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो।

हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ।

उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना संकलनको प्रयास गर्ने बताइएको छ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ।

चन्द्रमा

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ मा राख्ने…

काठमाडौं, फाल्गुुु १७ ।सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल : फागुन…

२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त), चन्द्रराशि– कन्या। मेष –…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालयको पहिलो बैठक जारी

काठमाडौं, फाल्गुन १७ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो। बिहानैदेखि…

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता…